काठमाडां । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना हुँदा देउवाको पक्षमा १९९५ मत आएको छ भने अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पुगेको छ ।
देउवाले मत गणना भएदेखि नै अग्रता लिएका छन् भने हरेक घोषणामा उनको अग्रता बढेको देखिन्छ ।
यसअघि दिएको जानकारी अनुसार देउवाले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका थिए । यो मत अनुसार पछिल्लो गणनामा देउवाले ४३९ मत पाउँदा कोइरालाको पक्षमा ३४५ मत खसेको देखिन्छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा कुल ४६७९ मत खसेको थियो । जसमा विजयी हुन २३४० मत आवश्यक पर्छ । यो खसेको मतको बहुमत हो ।
कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।