काठमाण्डौँ । समाज कल्याण परिषद्को राष्ट्रिय अपाङ्ग कोषले बिभिन्न कार्यक्रम गरी अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस मनाएको छ ।
काठमाण्डौँको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेर कोषले दिवस मनाएको हो । हाम्रो प्राथमिकता आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय नारा र “Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post Covid-19 World” भन्ने अन्तराष्ट्रिय नाराको साथ यो दिवस मनाइएको हो ।
कोषले उक्त दिवसको अवसरमा अपाङ्गता भएका २० जनालाई २१ वटा सहायक सामाग्री वितरण गरेको छ ।
यस्तै अपाङ्गता बिद्यार्थी प्रतिभा पुरस्कार रु १० हजार १ रुपैयाँले २०७७ सालको एस्.ई,ई. मा सर्वाधिक अङ्क ल्याउनु हुने शारीरिक अपाङ्गता भएका बिद्यार्थी रबि गिरी, सचिन लुइटेल, श्रीराम रायलाई प्रदान गरेको छ ।