काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको हो ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।
कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।
प्रकाशित नतिजाअनुसार ४८ हजार २ सय ३९ परीक्षार्थीले ए, ७० हजार १ परीक्षार्थीले बी प्लस ग्रेड ल्याएका छन् । सबैभन्दा बढी परीक्षार्थी ‘बी’ ग्रेड ल्याएर पास भएका छन् ।
बी ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ७ हजार ६३ जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याएका छन् ।
यसैगरी ७५ हजार ८८ परीक्षार्थीले सीप्लस, २४ हजार ५१५ परीक्षार्थीले सी, ३ हजार ८ सय ७५ परीक्षार्थीले डीप्लस, २९६ परीक्षार्थीले डी र १० हजार ७३ परीक्षार्थीले इ ग्रेड ल्याएका छन् ।
नतिजा प्रकाशन भएपनि सिष्टममा अपडेट भइरहेका कारण नतिजा हेर्न केही समय लाग्नेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ