काठमाडाैं । क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो ।
आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन् । उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
हाल वासिङटन डिसीमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सशस्त्र बलले उद्धार कार्य गरिरहेको भन्दै सबैलाई यस परिस्थितिमा सहयोग गर्न र पुनर्निर्माणमा लाग्न आह्वान गरेका छन् । उनले राहत कार्य पनि तत्काल सुरु हुने बताएका छन् ।
आँधीका कारण आएको पहिरोका कारण एक महिलाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् ।
आँधीका कारण सडक र रेल मार्गहरु संचालन हुन सकेका छैनन्। यस्तै, कतिपय स्थानमा विद्युत र पानीको समस्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।