काठमाडौं । इजलासमा नबस्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेकाे छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो ।
पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएको भन्दै उनले तोकेको बेञ्चमा बसरी सुनुवाइ नगर्न अनुरोध गरिएको छ ।
उक्त पत्रमा लेखिएकाे छ ‘नेपाल बार एसाेसियसनले प्रधानन्यायाधीशकाे राजीनामा माग गरी बेञ्चमा नबस्न, बेञ्च नताेक्न भनी माग गरिरहेकाे र नीजले सम्मानित संस्था र सम्मानित पदकाे दूरुपयाेग गरी समग्र न्यायपालिकाकाे गरिमा जनआस्था धुलिसात पारेकाेले सबैकाे विश्वास गुमाएकाे नीजले ताेकेकाे बेञ्चमा बसी सुनुवाइ नगर्नुहुन निर्णयानुसार अनुरोध गर्दछाैँ ।’