अमेरिका । नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ । द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला रहेकाे र उनीहरुकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे वासिङ्टन पाेस्टले जनाएकाे छ ।
यी तीन चितुवाको नाम पनि राखिएकाे थियो- एभरेस्ट, मकालु र रान्नी । चिडियाखानामा घुम्न आउनेका लागि यि चितुवा आकर्षणको केन्द्रसमेत थिए ।
तीनै चितुवामा एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जनाएकाे समाचारमा उल्लेख छ । यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो । तिनीहरू भने अहिले निको भइसकेका समाचारमा जनाइएकाे छ ।
कर्नेल फेलिन हेल्थ सेन्टरका अनुसार मान्छेबाट जनावरमा कोरोना सरेपछि तिनले अरू जनावरमा सार्ने सम्भावना हुन्छ। तर जनावरले मान्छेमा सारेको भने अहिलेसम्म पुष्टि नभएको पनि केन्द्रले जनाएको छ ।