Aafno Khabar

बिहान १० बजेदेखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन दिन नमिल्ने

  • आफ्नो खबर
  • November 15, 2021 प्रकाशित

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।

दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली सुस्त भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए ।

विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो । प्रणाली सुस्त हुँदा कार्यालयहरुको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको हाे ।

विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन् ।