Aafno Khabar

दशैंका लागि घरमै छोयला यसरी बनाउनुहोस

  • आफ्नो खबर
  • October 13, 2021 प्रकाशित

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ ।

-बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री

-बफ तथा चिकेनको मासु

-तेल

-खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ

-बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

-लसुन अदुवाको पेस्ट

मासुलाई बेँसार मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने ।

प्यानमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने र त्यसलाई काटेर राखेको मासुसँग मोल्ने । स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने । अन्त्यमा हरियो धनियाँ राखेपछि छोयला खानका लागि तयार हुन्छ ।