काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेकोमा दुखमनाउ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्यलाई मन्त्री बनाउन नसकेको बाध्यता सुनाउनु भयो । उहाँले मन्त्री हुन नसकेकालाई पार्टीमा उचित जिम्मेवारी दिने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री देउवाले हिजो १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिनु भएको थियो । भागवण्डामा नपरेपछि काँग्रेससहित सत्तारुढ दलका अन्य घटकभित्र असन्तुष्टि बढेको छ ।