काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकाे उनकाे सचिवालयले जनाएकाे छ । नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् ।
स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको छ । उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ । उनी साेमबारदेखि बिरामी परेका थिए ।