Aafno Khabar

बढ्यो सुनचाँदीको भाउ

  • आफ्नो खबर
  • September 22, 2021 प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। स्थानीय बजारमा नेपाली बजारमा अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ११ सय ४० मा कारोबार भएको चाँदीको भाउ बुधबार २५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।