Aafno Khabar

क्यानको ७ प्रदेशमा १० प्रदेश प्रशिक्षक नियुक्त

  • आफ्नो खबर
  • September 18, 2021 प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आज ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

क्यानले प्रदेश–१ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश–२ को प्रशिक्षकमा प्रकाश शर्मा र सुनिल शाह, बागमती प्रदेशको प्रशिक्षकमा संजय महर्जन र गण्डकी प्रदेशको प्रशिक्षकमा रिजन प्रजुलाई नियुक्त गरेको छ ।

यस्तै लुम्बिनीका लागि बसन्त शाही र जमिल अन्सारी, कर्णालीका लागि विरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशका लागि खेम राज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएको क्यानले जनाएको छ ।

क्यानले गत जेठमा १६ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो। प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए ।