Aafno Khabar

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पकाे धक्का

  • आफ्नो खबर
  • September 11, 2021 प्रकाशित

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ । बिहान ६ : १३ बजे धक्का महसूस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।