Aafno Khabar

थपिए १ हजार १४६ जना काेराेना संक्रमित, २१ काे मृत्यु

  • आफ्नो खबर
  • September 10, 2021 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षण गरेकोमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । जसमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । कोरोनाबाट हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् । १ हजार ६६२ जनालाई संस्थागत आइसोलेसनमा राखिएको छ । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २८०, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जना संक्रमित थपिएका छन् । यसैगरी लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।