काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० कोरोना संक्रमित थपिएका छन् । १३ हजार ४ सय ५५ जनामा परीक्षण गर्दा १३ दशमलव ८० प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।
थपिएकामा काठमाडौंका ३ सय ४९, ललितपुरका १ सय ५०, मोरङ्गका १ सय ३८, कास्कीका १ सय ३२ तथा भक्तपुरका ६९ जना हुन् । आज २१ सय ६१ संक्रमित निको भएको छन् । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ७९ जना रहेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच मन्त्रालयले आज एकै दिन १ लाख २३ हजार २ सय ८६ व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ । अहिलेसम्म ५० लाख ५६ हजार ८ सय ३ जनाले पूर्ण डोज तथा ५६ लाख ८३ हजार ६१ जनाले पहिलो डोज खोप लगाएका छन् ।