Aafno Khabar

एमाले अध्यक्ष ओलीको आरोप-अदालत कांग्रेसको पक्षमा लाग्यो

  • आफ्नो खबर
  • September 7, 2021 प्रकाशित

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली काग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ ।

एमाले कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा विघटन गरे सदर र एमालेले गरे बदर हुने गरेको दाबी गर्नुभयो ।

२०५२ सालमा मनमोहन अधिकारीलाई प्रधानमन्त्रीबाट हटाएको सर्वोच्चले नै अहिले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाएको र आफूलाई हटाएको भनेर तितो पोख्नुभयो
ओलीले एमालेलाई विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधव नेपाललाई कुपुत्र र कुहिएको फर्सीको संज्ञा दिनुभयो । उहाँले नेपाल पतनै भइसकेको दाबी पनि गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टीलाई २०७२ जेठ २ मा जस्ताको तस्तै फर्काउन सम्भव नहुने स्पष्ट पार्नुभयो । एमालेलाई २०७२ कै संरचनामा फर्काउने गरी १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता ओलीले केही दिनअघि मात्र गर्नुभएको थियो ।