काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे । देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिए।
देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताए ।
उनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा एमसीसी अगाडि बढेकाले माओवादीले यसको विरोध गर्नुको तुक नभएको पनि बताए ।