काठमाडाैं । नेपालमा विभिन्न पक्षबाट एमसीसीको विरोध भएपछि अमेरिकाले तथ्यमा आधारिक बहस गर्न सबैलाई छुट रहेको भन्दै आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सहितको विषयमा तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको स्वतन्त्रताको दृढ समर्थक भएको जनाएको हाे ।
‘एमसीसीबारे तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थन गर्दछौँ’, दूतावासको ट्वीटरमा भनिएको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा हो । अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको साझेदार रहेको छ । सधैँ समृद्धिलाई समर्थन गर्दछ ।’
नेपाल सरकारले एमसीसी लगायत देशहरुको विषयमा भइरहेको टिप्पणीहरुलाई रोक्ने गरी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना भइरहेको समयमा दूतावसले यस्तो धारणा सार्वजनिक गरेको हो । नेपालमा विद्युत तथा सडक परियोना सञ्चालन गर्ने विषयमा अमेरिक संस्था मिलेनिमय च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनको विषयमा संसद्मा विचाराधीन रहेको छ ।
५० करोड अमेरिकी डलर सहयोगको एमसीसी अनुमोदन गर्ने विषयमा जनमत विभाजित रहेको छ । प्रधानमन्त्री देउवा बुधबारबाट सुरु हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने पक्षमा छन् तर सत्ता गठबन्धनका अन्य दलहरु भने संशोधन बिना पारित गर्न नहुने धारणा राखिरहेका छन् ।