काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जना कोभिड १९ संक्रमित पहिचान भएका छन् । ९ हजार ८७५ जनाको परीक्षण गर्दा १ हजार २४ जनामा पीसीआर परीक्षणका क्रममा र २४४ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो ।
यस्तै, २ हजार १९५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ ।
संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । देशभर हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । यस्तै, ४८ लाख ६३ हजार ८३५ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।