Aafno Khabar

संक्रमित थपिनेभन्दा निकाे हुने बढी, कति छन् नेपालमा सक्रिय संक्रमित ?

  • आफ्नो खबर
  • August 28, 2021 प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा १८५७ जना संक्रमित थपिएका छन् । यही अवधिमा २ हजार २२२ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लाे २४ घण्टामा थप २७ जनाको ज्यान गएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।