काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधान हटाइएकाे हाे ।
यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ । सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् ।
तर पछिल्लाे समयमा सरकारी तवरबाट निषेधाज्ञाका प्रावधान विपरीत कामकारबाही भइरहेका छन् । साेमबार गृहमन्त्रालयले नक्सालको मेरियट होटलमा भीडभाड हुने गरी कार्यक्रम गरेकाे थियो । भने, साेमबार रातिदेखि चन्द्रागिरि रिसाेर्टमा माधव नेपाल समूहकाे बैठक बसिरहेकाे छ ।
हेर्नुहाेस् यस्ताे छ आदेश :