एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाएपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको थियो । युभेन्ट्सका लागि पाउलो डिबालाले तेस्रो र जुआन कोर्डाडाले २३ओं मिनेटमा गोल गरे ।
उडिनेसका रोबर्टाे पेरेराले ५१ औं र जेरार्ड डिलोफिउले ८३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिएपछि युभेन्ट्सले बराबरीमा चित्त बुझाउन परेकाे हाे ।
युभेन्ट्सले रोनाल्डोलाई अन्तिम ३० मिनेट मैदानमा उतारेको थियो । उनी ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
सिजनको पहिलो खेलमा बराबरी खलेपछि युभेन्ट्सले एक अंक बनाएको छ । उडिनेसले पनि एक अंक जोडेको छ ।