काठमाडाैं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ ।
कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार बिहान पाटन अस्पतालमा निधन भएको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको निधन भएको हो । काेराेना संक्रमित भएपछि उनी २ सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।
६४ वर्षीय थापाले हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरी बास्सै लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए । केही ठूला पर्दाका चलचित्र र विज्ञापनमा पनि उनकाे अभिनय रहेकाे छ । हल्का रमाइलाेमा उनी ‘बखते’काे भुमिकामा देखिएका थिए ।
कलाकार थापाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमामार्फत दु:ख व्यक्त गरेका छन् । उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन् ।