काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८९८ जनामा काेराेना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् ।
अहिले काठमाडाैं उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित छन् । काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा १ हजार ४ सय ७४ र ललितपुरमा २ हजार २ सय ९० संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा थप तीन हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार ८८५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबारकाे तथ्यांक अनुसार देशभर अहिले ७१४ कोरोना संक्रमितको आईसीयूमा र १७१ को भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमित बढिरहेकाे छ । काेराेनाकाे तेस्राे लहर आएकाे अड्कलबाजी भइरहेकाे भए पनि सरकारी माध्यमबाट भने यसबारे पुष्टि भइसकेकाे छैन । उपत्यकाका अस्पतालमा पुन: काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ ।