काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको र थप सक्रिय हुने भएकाले देशका अधिकांश भू-भागमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको भने बादल बिस्तारै बढिरहेकाले देशका अधिकांश क्षेत्रमा बिहीबार ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
श्रेष्ठका अनुसार अबको एक साता देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । वर्षात्को कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले जनाए अनुसार धेरै स्थानमा सामान्य देखि पूर्ण बदली रही शुक्रबार र शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहने छ ।
यस्ताे छ शुक्रबार र शनिबारकाे माैसम पूर्वानुमान :
शुक्रबार
दिउँसो : देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
शनिबार
दिउँसो : देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।