Aafno Khabar

कति छन् देशभर काेराेनाका सक्रिय संक्रमित ?

  • आफ्नो खबर
  • August 11, 2021 प्रकाशित

काठमाडाैं । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

बुधबार १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३० जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेकाे संख्या १० हजार १ सय ८० पुगेको छ ।

हाल देशभर ३८ हजार ३३ सक्रिय संक्रमित रहेका छन् । ७ सय ९६ जनाको आईसीयु र १ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३४ हजार ८१३ होम आइसोलेसनमा र ३ हजार २२० जना संस्थागत आइसोलेसनमा छन् ।

बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएको मन्त्रालयकाे तथ्यांक छ ।

बुधबार काठमाडौं उपत्यकामा मात्र ९६४ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका ६६३, ललितपुरका १९२ र भक्तपुरका १०९ जना रहेका छन् । काेराेना संक्रमित बढ्दै गइरहँदा काठमाडाैं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा कडा पारिएकाे छ ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विभिन्न सञ्चारमाध्यममा कोरोनाको डाटा हेर्दा कडा लकडाउन गर्ने अवस्था आएको बताइरहेका छन् ।