काठमाडाैं । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट कार्गाेकाे सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर भएकाे हाे । जहाजको पछाडिको टायर पन्चर भएपछि जहाज घिस्रेको थियो ।
विमानमा सवार चालक दलका सदस्य सकुशल छन् । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ । विमानको टायर पन्चर भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।
उक्त जहाज पार्किङस्थलमा राखिएकाे छ । नयाँ टायर ल्याउने काम भइरहेकाे पनि सीता एयले जानकारी दिएकाे छ ।