काठमाडाैं । विश्व खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद भव्य रुपमा सम्पन्न भएको छ । आइतबार साँझ विशेष समारोहबीच ओलम्पिक समापन गरिएको हो ।
समापन समारोहमा ३३ औँ संस्करणको आयोजक फ्रान्सलाई झण्डा हस्तान्तरण गरिएको छ । ओलम्पिकको आगामी संस्करण सन् २०२४ मा फ्रान्सले आयोजना गर्नेछ ।
कोरोना महामारीबीच उच्च सतर्कता अपनाएर आयोजना भएको टोकियो ओलम्पिमा २०७ देशका एक हजार तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कोरोनाकै कारण एक वर्ष पछि ओलम्पिक आयोजना गरिएको हो ।
ओलम्पिकको पदक तालिकामा अमेरिका अग्र स्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्णसहित ११३ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्णसहित कुल ८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित ५ पदक जितेको छ ।
ओलम्पिककाे दाैरानमा चर्चित भएका केही तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।
–सबै तस्बिर बीबीसीबाट ।