Aafno Khabar

मनसुनी वायुको प्रभाव बुधबारसम्म, यस्तो छ माैसम पूर्वानुमान

  • आफ्नो खबर
  • August 9, 2021 प्रकाशित

काठमाडाैं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । यही देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानहरूमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दिउँसो मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सोमबार

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।