Aafno Khabar

एसईईको नतिजा शनिबार सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

  • आफ्नो खबर
  • August 7, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।

२०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।

कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले विद्यालयले गरेको आन्तिरक मुल्यांकनलाई सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय एकाइले गरेको प्रमानणीकरणका आधारमा नतिजा प्रकाशन हुन लागेकाे हाे ।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने ब्यवस्था गरेको बोर्डले जनाएको छ ।

यसबाहेक इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने व्यवस्था गरेको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।