काठमाडाैं । शनिबार प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले शनिबार जारी गरेकाे बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।
प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । जसका कारण पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
महाशाखाका अनुसार शनिबार राति पनि प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेकाे छ ।
आइतबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । राति भने गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, सोमबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ भने प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।