Aafno Khabar

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुने छ भारी वर्षा

  • आफ्नो खबर
  • August 4, 2021 प्रकाशित

काठमाडाें । बुधबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमानज महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, प्रदेश २, बागमाती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ ।

बिहीबार पनि देशभर बदली रही बढीजसाे स्थानमा पानी सम्भावना रहेकाे महाशाखाकाे पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

बिहीबार राति सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै, शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।