काठमाडाैं । मंगलबार पनि देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो प्रदेश १, वाग्मती, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । अहिले देशका अधिकांश भू-भागमा बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
श्रावण १९ गते मंगलबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २० गते बुधबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै अनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण २१ गते बिहीबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।