सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची खाेलामा बाढी घट्ने बढ्ने क्रम अझै पनि जारी छ । साेमबार राति पनि खाेलाकाे कटानमा परेकाे ७ घर बगाएकाे छ । गत शनिबारदेखि आएकाे बाढीमा चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ ।
यसअघि असार १ गते आएकाे बाढीका कारण अर्बाैँकाे क्षति भएकाे थियाे । मेलम्ची खाेलामा पटक–पटक लेदाेसहितकाे बाढी आइरहेकाे छ । हेलम्बुको भीमथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको हाे । यहाँकाे लदाेमाटाे पनि बगिरहेकाे छ । पानी नपरेकाे बेलामा पनि खाेलाले कटान गरिरहेका कारण लेदाेमाटाे बगिरहेकाे छ ।
याे क्षेत्रको माटो कमजोर हुने र पटक पटक पहिरो गइरहने खालको भएकाले बेला–बेला पहिरो जाने र लेदोसहितको बाढी आएको विज्ञहरुले बताएका छन् ।
बाढी पछि मेलम्ची खाेलाकाे पछिल्लाे अवस्था हेर्नुहाेस् तस्बिरमा :
–सबै तस्बिर : देवराज सुवेदीकाे फेसबुकबाट ।