Aafno Khabar

बढ्न थाले काेराेना संक्रमित, सरकारकाे तयारी के छ ?

  • आफ्नो खबर
  • August 3, 2021 प्रकाशित

काठमाडाैं । देशभर काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । साेमबार आठ जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसअघि आइतबार पाँच जिल्लामा सयभन्दा बढी संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार साेमबार उपत्यकामा ७७० जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना देखिएको हो ।

उपत्यका बाहिर मोरङमा १३५, सुनसरीमा ११६, काभ्रेमा १०७, मकवानपुरमा १३६, कास्कीमा १७४ र बाग्लुङमा १३२ जनामा कोरोना देखिएको छ ।

नेपालमा कोरोनाभाइरस महामारीको तेस्रो लहरको लगभग पूर्वार्धमा रहेको सङ्केत देखिएको छ । यसबाट जोगिन स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन स्वास्थ्य अधिकारीले सबैलाई सजग गराइरहेका छन् ।

काेराेना संक्रमणका कारण दाेस्राेपटक गरिएकाे निषेधाज्ञा खुकुलाे बनाइरहँदा पुन: तेस्राे लहरकाे जाेखिम बढेकाे हाे । गएकाे वैशाख १६ देखि भएकाे निषेधाज्ञा लुजडाउन शैलीमा खुलाइएकाे थियाे । यद्यपी कतिपय स्थानीय निकायमा भने काेराेना महामारी बढेपछि पुन: निषेधाज्ञा पनि हुन थालेकाे छ ।

उपत्यकाका विभिन्न अस्पतालमा फेरि काेभिड संक्रमणका बिरामी बढ्न थालेकाे बताइएकाे छ । स्वास्थ्य मन्त्रालयले पनि सम्भावित जाेखिमका लागि तयार रहन अस्पतालहरुमा निर्देशन जारी गरेकाे अवस्था छ । सरकारले खाेप कार्यक्रमलाई पनि निरन्तरता दिइरहेकाे छ । आगामी माघ महिना सम्ममा ५ कराेडभन्दा बढी खाेप आउने र सबैमा खाेप लगाउने प्रतिबद्धता भर्खरै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साेमबार बताएका छन् ।

उनले साेमबार कार्ययोजना प्रस्तुत गरी फेरि पनि काेराेना संक्रमण बढ्दै गएमा ताेकिएका परीक्षाहरु रद्ध हुने पनि जनाएका छन् । पछिल्लाे समय विद्यालय तथा विश्वविद्यालयले भाैतिक उपस्थतिमा नै परीक्षा सञ्चालनकाे तयारी गरिरहेकाे छ भने केही परीक्षाहरु अहिले पनि सञ्चालन भइरहेकाे छ ।