Aafno Khabar

पछिल्लाे २४ घण्टामा ३१ सय २५ जनामा काेराेना संक्रमण

  • आफ्नो खबर
  • August 2, 2021 प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको मन्त्रालयकाे तथ्यांक छ ।

यसैगरी काठमाडौं उपत्यकामा साेमबार थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ५५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जनालाई संक्रमण पुष्टि भएको हो ।

हाल उपत्यकामा थप ८८९५ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा ६२०४, ललितपुरमा १५४६ र भक्तपुरमा ११४५ जना रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।