Aafno Khabar

जहाँबाट आयो मेलम्ची खाेलामा बाढी (हेर्नुहाेस् तस्बिर)

  • आफ्नो खबर
  • August 1, 2021 प्रकाशित

काठमाडाैं । गएकाे असार १ गते हेलम्बु क्षेत्रमा भएकाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीका कारण हेलम्बु र मेलम्ची तहसनहस भयाे । त्याे बाढीले चिसिएकाे भुइँ ओभानाे हुन नपाउँदै शनिबार राति मेलम्चीमा फेरि बाढी आएकाे छ । शनिबार रातिदेखि आएकाे बाढीले चनाैटेमा रहेकाे पक्की पुल बगाएकाे छ भने मेलम्ची किनार आसपासमा घरहरु पनि बगाएकाे छ ।

हेलम्बुको भीमथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान छ ।

यहीबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षण गरेका छन् । तर पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । यसअघि पनि हेलम्बु र मेलम्चीमा भीमाथाङमा पहिरो गएर थुनिएपछि बाढी आएको भनिएको थियो ।

याे क्षेत्रको माटो कमजोर हुने र पटक पटक पहिरो गइरहने खालको भएकाले बेला–बेला पहिरो जाने र लेदोसहितको बाढी आएको विज्ञहरुले बताएका छन् ।

तस्बिर : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे फेसबुकबाट ।