काठमाडौं । चीनले नेपाललाई काेभिड विरुद्धकाे थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त खाेप अनुदानमा दिने बताएकी हुन् । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई पनि दिएकी थिइन् । चीनले यसअघि नेपाललाई दिने भनेकाे खाेप पनि छिट्टै आउने उनले बताएकी थिइन् ।
राजदूत यान्छीले चीनबाट थप खोप आयात गर्न नेपाललाई सघाउन तयार रहेको पनि बताएकाे अर्थ मन्त्रालयल स्राेतले जानकारी दिएकाे छ ।
भेटमा अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने बताएका छन् ।