काठमाडाैं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।
उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टकाे रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।
नयाँ ‘म्युटेन्ट’का कारण तेस्रो लहरको चुनौती थप बलियाे भएकाले सावधानीका उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यसले थप चुनाैति थपेकाे भन्दै तेस्राे लहरकाे चुनाैति व्यवस्थापनकाे तयारी गर्नका लागि सम्बन्धित सबैमा अपिल पनि गरेकाे छ ।