काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएकाे छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लाे २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएपछि हालसम्म संक्रमितकाे संख्या ७ लाख ३ हजार ८५६ जना पुगेकाे मन्त्रालयले जनाएको छ । जसमध्ये ६ लाख २३ हजार १०५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९ हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन् ।