काठमाडाैं । जोन्सन एण्ड जोन्सनको ‘जान्सिन’ खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिसले लगाउन पाउने भएका छन् । मंगलबारदेखि खोप लगाउनका लागि सरकारले मिति सार्वजनिक गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग क र ख) भएका नागरिकहरू र नेपालमा बसोबास गरिरहेका शरणार्थीहरूलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीहरूलाई खोप अभियानमा छुटेकालाई लगाइने विभागले जनाएको छ ।
विभागका अनुसार भेरोसेल खोप ५५ वर्षदेखि माथिका उमेर समूहका मानिसलाई लगाइने भएको हो । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका कार्यरत चालक र सहचालकहरू, खोप अनिवार्य गरेको देशले वैदेशिक रोजगारमा जानेलाई पनि लगाइने भएको छ ।