काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पीसीआर परीक्षणबाट १ हजार २३७ र ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जना गरी जम्मा १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितकाे ज्यान गएकाे छ । यही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ८५, ताप्लेजुङमा १, तेह्रथुममा ३, धनकुटामा १, भोजपुरमा २, मोरङमा ७०, संखुवासभामा १, सोलुखुम्बुमा १ र सुनसरीमा २८ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को पर्सामा २, बारामा ३, रौतहटमा ४, सप्तरीमा १, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा २६३, काभ्रेमा ३४, चितवनमा ८३, दोलखामा ६, धादिङमा ११, नुवाकोटमा ४२, भक्तपुरमा ३१, मकवानपुरमा ६, रसुवा १३, रामेछापमा ६, ललितपुरमा ९७, सिन्धुली २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १५२, गोरखामा २१, तनहुँमा १०, नवलपरासी पूर्वमा १६, पर्वतमा ३, लमजुङमा १ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ५, पाल्पामा ३, प्युठानमा ६, बर्दियामा ८, बाँकेमा ११, रोल्पामा ३ र रुपन्देहीमा ३४ जनामा काेराेना पुष्टि भएकाे छ ।
कर्णाली प्रदेशको दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १५ जनमा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा ७२, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयकाे तथ्यांक छ ।