Aafno Khabar

पेरुमाथि जित निकालेर काेलम्बिया काेपा अमेरिकाकाे तेस्राे स्थानमा

  • आफ्नो खबर
  • July 10, 2021 प्रकाशित

काठमाडाैं । कोपा अमेरिकाको तेस्रो स्थान कोलम्बियाले जितेको छ । शनिबार बिहान पेरुमाथि ३–२ गोल अन्तरकाे जित निकालेर कोलम्बिया तेस्रो बनेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो । ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थियो ।

४४ औँ मिनेटमा काेलम्बियाका यारी मिनाको हेडर पोस्ट नजिकैबाट बाहिरिएकाे थियाे । गोलरक्षक पेड्रो गल्लासेले रिलिज गरेको बल काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका योसिमार योटनले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।

डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गरी कोलम्बियालाई जित दिलाए ।

अब फाइनल खेलमा आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।