काठमाडौं । अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज खाेप आगामी साेमबार बिहान नेपाल आउने भएको छ ।
अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज जोन्सन एण्ड जोन्सनकाे खाेप आगामी साेमबार काठमाडाैं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका हुन् ।
उनले अमेरिकी सरकार र पहलकर्ता सबैका लागि धन्यवाद समेत दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गरिब देशहरूलाई ८० मिलियन खोप दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार नेपालले खोप पाउन लागेको हो ।
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । सरकारले थप भ्याक्सिन ल्याउनका लागि पहल जारी राखेकाे पनि भट्टराइले जानकारी दिएका छन् ।