Aafno Khabar

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • आफ्नो खबर
  • July 9, 2021 प्रकाशित

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेकाे छ ।

काठमाडौं उपत्यकासहित प्रदेश–१ र प्रदेश–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाकाे बुलेटिनममा उल्लेख छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।