काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २९ जनाले संक्रमणका कारण ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ ।
बुधबार १५ जनाले ज्यान गुमाएका थिए । बुधबारकाे तुलनामा बिहीबार मृतकको संख्या बढेको छ ।
मन्त्रालयको विवरण अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा २८, धनकुटामा ३, ताप्लेजुङमा १, मोरङमा ६५ र सुनसरीमा ११८ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा ७, बारामा २, महोत्तरीमा १, सप्तरीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा २८७, काभ्रेमा २९, चितवनमा ६०, दोलखामा १, धादिङमा ६, नुवाकोटमा २२, भक्तपुरमा ५८, मकवानपुरमा २८, रसुवा ८, रामेछापमा ३, ललितपुरमा ८२, सिन्धुली ५ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ६, तनहुँमा ४, नवलपरासी पूर्वमा ३९, पर्वतमा २, मनाङमा १, म्याग्दीमा १, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ७, नवलपरासीमा १४, पाल्पामा २३, प्युठानमा १, बर्दियामा १४, बाँकेमा १०, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा ४७ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, कालीकोटमा १, हुम्लामा ४, दैलेखमा ५, मुगुमा १, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १७ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ५, कैलालीमा १२, डडेल्धुरामा ९, बैतडीमा ६ र बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।