काडमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ ।
मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन्। भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए ।
अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागि हुँदैछन् । सीपीसीले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्वका राजनीतिक दलसँग अन्तरक्रिया गर्न लागेकाे हाे ।