Aafno Khabar

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव

  • आफ्नो खबर
  • July 5, 2021 प्रकाशित

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को परीक्षा सञ्चालनका लागि अनुमति मागेको बोर्डले जनाएकाे छ । गएकाे जेठ २६ गतेका लागि निर्धारण भएकाे परीक्षा कोभिड–१९ महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

साउन दोस्रो सातापछि कोभिड–१९ संक्रमण कम हुने र परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अधिकारीहरूले यसअघि बताउँदै आइरहेका छन् । काठमाडौं उपत्यकामा २२ असारदेखि २५ जनासम्मलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।