काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तालिका तयार पारेको छ ।
आयोग स्रोतका अनुसार पहिलो चरणको निर्वाचनका लागि आयोगले तयार गरेको कार्यतालिकामा असोज २० उमेदवारी मनोनयन तथा उजुरीका लागि असोज २२ र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनेको छ ।
त्यस्तै, दोस्रो चरण मंसिर ३ मा हुने निर्वाचनका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेगरी कार्यतालिका बनेको छ ।
सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।
आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिएकाे छ । आगामी कार्तिक २६ गते र मंसीर ३ गते केपी शर्मा ओली सरकारले घोषणा गरेको निर्वाचन मिति अनुसार आयोगले तालिका सार्वजनिक गरेकाे हाे ।
यद्यपी नेपाली कांग्रेससहितका अन्य दलहरु भने प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको बिरुद्धमा छन् । प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा अहिले सर्वोच्चव अदालतमा बहस भइरहेको छ ।