काठमाडौं । सरकारले आउँदो साउन ८ गतेभित्रै ४० लाख डोज कोरोना खोप चीनबाट ल्याइसक्ने दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यसकाे लागि तयारी पनि थालिएकाे बताएका छन् ।
चीनबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान यही असार २४ गते बेइजिङ जानेछ । सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ । पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो । जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किने छ । यस्तै, असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किने छ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते जाने विमान भोलि ८ गते फर्किने छ ।
यस्ताे छ विमान चीन जाने तालिका :